दाङको लमहीमा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : १५


दाङ। बसको ठक्करबाट दाङको लमहीमा एक बालकको ज्यान गएको छ।

बसको ठक्करबाट राप्ती गाउपालिका–६ सगरापुरका सन्दीप चोधरीका चार वषीर्य छोरा दुर्गाप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक पुरन मल्लले जानकारी दिए।

उनकाअनुसार चितवनबाट बर्दिया तर्फ जाँदै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पूर्व पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका–३ को अर्नहवामा बालकलाई ठक्कर दिएको हो।

ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियनत्रणमा लिएको छ भने मृतकका आफन्तहरूले अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्