मुगुमा फुलपातीको दिन दुखःद् बस दुर्घटना, मृत्यु हुनेको संख्या २८ पुग्यो

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : ५७


मुगु। मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो।

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। घाइते १८ जनालाई सेना प्रहरी तथा स्थानीयले उद्धार गरेर अस्पताल लगेको हो। केही घाइतेलाई नेपालगन्ज र काठमाडौं रिफर गर्न हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस मंगलबार पिना झ्यारीखोलामा दुर्घटना भएको हो। बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्