उदयपुरको थारुहट रंगशालामा खुला जिम बन्यो

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : ४०


उदयपुर। उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशालामा खुला जिम सन्चालन गरिएको छ। त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरी तथा उपप्रमुख देवीकुमारी चौधरीले मंगलबार जिमको संयुक्त उद्घाटन गरेका हुन्।

सो अवसरमा नगरप्रमुख चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताउँदै प्रत्येक वडामा यस्ता स्थल सन्चालन गर्ने तयारीमा भइरहेको जानकारी दिए। उनले त्रियुगा नगरको नारालाई पुरा गर्न ओपन जिमले थप सहयोग पुगेको बताए।

जिमका लागि आवश्यक सम्पूर्ण साधनलाई खुल्ला स्थानमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समिति उदयपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताए। अब यसलाई थप सुरक्षित गर्न घेराबेरालाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले जनाए।

खुल्ला जिम सेन्टरमा ११ प्रकारका सामग्री जडान गरिएको र एकैपटक १४ जनाले अभ्यास गर्न सक्छन्। त्रियुगा नगरपालिकाको १५ लाख रुपैयाँको सहयोगमा जिम सेन्टर सञ्चालनमा ल्याएको हो।


प्रतिक्रिया दिनुहोस्