चिनियाँ राजदूत यान्छीको सुझावः ओली र प्रचण्ड फेरि मिल्नुपर्छ

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : २८


यसअघि एकै पार्टीमा रहेर काम गरिसकेका केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड अहिले कट्टर विरोधी हुन्। यसबीचमा नेकपा एमालेका अध्यक्ष रहेका वली र माओवादी केन्द्रका अक्ष्यक्ष रहेका प्रचण्डलाई चिनियाँ राजदूत होउ यान्छीले मिलेर अगाडि बढ्न सुझाव दिएकी छन्।

कम्युनिस्ट शक्ति एक हुनेपर्ने यान्छीको भनाइ छ। केही महिनाअघि मात्रै नेकपा विभाजन गरी पुरानै एमाले र माओवादी केन्द्रका नाममा सक्रिय भएका दुई कम्युनिस्ट पार्टीलाई राजदूत यान्छीले फेरि मिल्न सुझाव दिएकी हुन्।

मंगलबार नेपाल डायलग फोरमले भर्चुअल रुपमा आयोजना गरेको छलफलमा राजदूत होउले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर भनिन्, ‘नेपाली जनताको आर्थिक विकासको आकांक्षा पुरा गर्न तपाईंहरु मिल्न आवश्यक छ।’

यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन र कम्युनिस्ट सरकार बनाउन चीन सक्रिय भएको आरोप लागेको थियो। नेकपाभित्र ओली र प्रचण्डबीच द्वन्द्व बढिरहेका बेला राजदूत यान्छीले शक्ति बाँडफाँड गरेर सरकार र पार्टी एकता जोगाउन सुझाव दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्