मुगु दुर्घटना अपडेटः मृतकको संख्या २३ पुग्यो, घाइतेलाई अस्पताल लगिँदै

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : ४४


मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ जना पुगेको छ।

घाइते १८ जनालाई सेना प्रहरी तथा स्थानीयले उद्धार गरेर अस्पताल लगिँदै छ। केही घाइतेलाई नेपालगन्ज र काठमाडौं रिफर गर्न हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस मंगलबार केहीबेर अगाडि पिना झ्यारीखोलामा दुर्घटना भएको हो। बसमा करिब ७० जना यात्रु रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्