मकवानपुरमा पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : ३४


मकवानपुर। दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो।

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राती मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए। लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिए पनि बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्