फोर–के गेमिङ नेपालले बिरामी अनिताको लागि सहयोग गरे एक लाख रुपैयाँ

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १ : ३९


नेपालका सर्वाधिक चर्चित गेमर हुन् पवन जङ शाही। तर हामी उनलाई फोर–के गेमिङ नेपाल भनेर चिन्छौं।

अनलाईन गेम पब्जीबाट चर्चित बनेका उनले लाइभ स्ट्रिमका क्रममा हँसाउछन् र ज्यादै रमाइलो गराउँछन् जसका कारण उनी चर्चित छन्।

उनी परोपकारी पनि छन्। उनले धर्मुस सुन्तली फाउन्डेसनलाई गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गर्न पनि सहयोग गरेका थिए। साथै उनले धेरै पीडितलाई सहयोग गर्दै आएका छन्। यसबीचमा उनले हालै कपिलबस्तुकी अनिता विकलाई एक लाख रुपैयाँ सहयोग गरेका छन्।

दुई महिने सुत्केरी उनी हालै काठमाडौं मेडिकल कलेजबाट डिस्चार्ज भएकी थिइन्। त्यसबेला १५ लाख रुपैयाँ खर्च भएको थियो।

तर फेरि म्यास्थेनिक क्राइसिस नामक रोग बल्झिएपछि उनी न्युरो अस्पतालमा उपचाररत छिन्। आर्थिक अभाव भएकाले फोर–के गेमिङ परिवारले विकलाई एक लाख रुपैयाँ सहयोग गरेको हो।


प्रतिक्रिया दिनुहोस्