ज्ञानेन्द्र मल्लसँग मिलेर पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १२ : ५४


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन्।

सामाजिक सञ्जालमार्फत् आज उनले छिट्टै क्रिकेट एकेडेमीको सुरूआत गर्ने जानकारी दिएका छन्। सो एकेडेमीको नाम ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ।

‘सपनालाई विपनामा परिणत गर्दै’, उनले सामाजिक सञ्जालमा लोगो हाल्दै भनेका छन्।

नेपाली राष्ट्रिय टोलीका अहिलेका कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर एकेडेमी खोल्न लागेका हुन्। हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका खड्काले नयाँ कामको सुरुवात गर्न लागेका हुन।


प्रतिक्रिया दिनुहोस्