सुरु भयो खसी मेला, अनलाइन बाट अर्डर गरेर किन्न सकिने

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १२ : ३२


काठमाडौं । दशैँ–तिहारलाई लक्षित गरी अहिले खसीबोका विक्री हुन थालेका छन।

अनलाइनको बढ्दो प्रयोगसँगै अब खसीबोका अनलाइनमा हेरेरै किन्न सकिने भएको छ।

ग्राहकहरुका लागि ई–फार्मले खसी मेला सुरु गरेको छ।

ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैँले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने भएको छ।

उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ।

असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म चल्नेछ।

उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने कम्पनीले जनाएको छ। थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिने छ।


प्रतिक्रिया दिनुहोस्