‘डाँडा पारीको वरपिपल’लाई शुभकामना, महान को हो त्यो निर्णय हामीले गर्ने होइनः दिपकराज गिरी

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : ४१


काठमाडौं । कलाकार दिपकराज गिरीले महानायकबारे फेरि भइरहेको बहसलाई ईंगित गर्दै व्यर्थको आरोप प्रत्यारोप बन्द गर्न आग्रह गरेका छन।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपालका चलचित्रकर्मीहरु एउटाले अर्कोलाई प्रहार गर्दा चलचित्र उद्योग घाइते भइरहेको बताएका छन।

फेसबुकमा गिरीले लेखेका छन्, ”मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ साथि!
पहिले खस्थ्यो बैरि माथि ,अहिले खस्छू भन्छ आफन्तै माथि!!
हामी चलचित्रकर्मी लाइ यस्तै भाको छ अहिले!
एउटाले अर्को लाइ प्रहार गर्छौ ,घाइते चाहि उद्योग हुदैछ
फ़ेसबुक, टिकटक, फिल्मिन्यूज हरूले हाम्रो बौद्धिकता लाइ जिस्काइरहे झै लाग्छ!‘। उस्लाइ परेको हो, मलाइ होइन भनेर चूप बस्नेअबस्था पनि छैन! किनकि अलि अलि छिट्टा त हामि सबैलाइ परेको छ, पर्छ पनि!!
त्यसैले बन्द गरौ ब्यर्थका बहसहरू! आरोप प्रत्यारोपहरू!!
जस्ले हरेक दिन हाम्रै उचाइ घटाइरहेको छ!
धेरै पछि नेपाली फ़िल्म हलमा आएको छ
कमसेकम शुभकामना दिऔ “ डॉडा पारिको वर पिपल “ लाइ
थप बिबाद नगरौ!!”

महानायक विवादतर्फ ईंगित गर्दै गिरीले अगाडी लेखेका छन्, ‘महान को हो त्यो निर्णय हामीले गर्ने होइन। त्यसैले आ–आफ्नो गल्ति स्विकार गरेर, हातेमालो गरेर, कमजोर भएको उद्योगलाई मिलेर उचालौं! यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छु!’

 


प्रतिक्रिया दिनुहोस्