भुवन केसी महानायक, राजेश हमाल सुपरस्टारः शोभित बस्नेत

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : ०५


काठमाडौं। चललिचत्र निर्देशन शोभित बस्नेत केहि दिन अघि आफ्नो नयाँ फिल्मको गीत सार्वजनिक कार्यक्रममा नायक भुवन केसीलाई महानायक घोषणा गरेपछि विवादमा आएका थिए।

महानायक राजेश हमालका फ्यानले बस्नेत लगायत टोलीको सामाजिक सञ्जालमा विरोध जनाएका थिए। विरोध भएपछि फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रमा बस्नेतले माफी मागे र महानायक हमालनै भएको घोषणा गरे।

एउटा टिभी कार्यक्रममा पनि बस्नेतले आफूले राजेश हमाललाई नेपाली चलचित्रको सुपरस्टार मान्ने बताएका छन। भुवन केसीको पनि दशकौंदेखि निरन्तर योगदान भएकाले उनी महानायक भएको बताए।

राजेश हमाल महानायकभन्दा माथिको व्यक्ति भएको उनको भनाई छ। महानायकलाई अँग्रेजीमा सुपर हिरो भनिनेभन्दै त्यो भन्दो ठूलो सुपरस्टार नै रहेको उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस्