एमाले प्रवक्ता ज्ञवालीको प्रश्नः देउवा सरकारको अब देख्न बाँकी के रह्यो र?

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ५५


काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सय दिनमै देउवा सरकार उदांगिएको टिप्पणी गरेका छन।

संसदमा यसअघि कांग्रेस सांसदहरुले गरेको भाषणसँग जोड्दै उनले सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका छन्।

‘सदनमा एकजना कांग्रेस नेताले भन्नुभा’थ्यो, सरकार कसरी चलाउनुपर्छ हामी देखाउनेछौं,’ ज्ञवालीले लेखेका छन, ‘ठीकै भन्नु भा’रैछ । भूमि आयोग खारेजी, जयसिंह धामी वेपत्ता, १४ सय सडक आयोजना रद्द, कालो धन सेतो बनाउने प्रपञ्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतिपुर गोलीकाण्ड। सय दिनमै यति देखिसकेपछि बाँकी के रह्यो र?’


प्रतिक्रिया दिनुहोस्