शुभकामना दिनेहरुलाई गजुरेलले दम्पत्तीले दिए धन्यवाद

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : १८


काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन।

मिना ढकालसँगको वैवाहिक सम्बन्ध टुंगिएको ४ बर्षपछि गजुरेलले दशैंको मुखमा मन्जु पोखरेलसँग विवाह गरेका हुन।

पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन। आफू जस्तै अवस्था उनको रहेको थाहा पाएपछि विवाह गर्ने अवस्थामा पुगेको गजुरेलले सोमबार फेसबुक मार्फत जानकारी दिए।

भक्तपुर स्थित डोलेश्वर मन्दिरमा परिवारका सदस्यसहित उनीहरुले विवाह गरेका हुन।

विहेपछि शुभकामना दिनेहरुलाई गजुरेल दम्पत्तिले धन्यवाद दिएका छन। फेसबुकमा श्रीमतीसँगको नयाँ तस्विर सेयर गर्दै गजुरेलले आर्शिवाद दिनेहरुलाई धन्यवाद भनेका छन।


प्रतिक्रिया दिनुहोस्