एमसीसी पास गर्नैपर्छ, नत्र नेपाल भुमरीमा फस्छः बाबुराम

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ३६


काठमाडौं । जनता समाजवादी दल (जसपा)का नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्नुपर्ने बताएका छन।

काँग्रेस र एमालेका केहि बाहेक अन्य दलका नेताहरु संशोधन गर्नुपर्ने पक्षमा रहेका बेला बाबुराम विना संशोधन नै पास गर्नुपर्ने पक्षमा रहेका छन।

नवलपरासीमा आयोजित आफ्नो कार्यक्रममा बाबुरामले एमसीसी अनुमोदन गर्नुको विकल्प नरहेको बताए।

अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्न पनि नेपालले एमसीसी पास गर्नेपर्नै उनको जिकिरि छ।

‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ’, बाबुरामले भनेका छन्, ‘होइन भने उनीहरूको स्वार्थको भुमरीमा नेपाल फस्नेछ।’

भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तानजस्तै बन्ने दाबीसमेत उनले गरे।


प्रतिक्रिया दिनुहोस्