सहकर्मीसँग अमेरिकी राजदूतले गरे दशैंको शुभकामना आदान प्रदान

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ५४


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासका कर्मचारीसँग दशैंको शुभकामना आदान प्रदान गरेका छन्।

अमेरिकी दूतावासका अनुसार कर्मचारी तथा उनीहरुको परिवारलाई बोलाएर बेरीले दशैंको शुभकामना आदानप्रदान गरेका हुन्।

सो अवसरमा उनले सहकर्मी तथा बालबालिकासँग चंगा उडाउने जस्ता विभिन्न मनोरञ्जनात्मक खेलसमेत खेलेका थिए।


प्रतिक्रिया दिनुहोस्