विश्वमा आजः गिनीको स्वतन्त्रतादेखि राष्ट्रसंघमा जुत्ता खोलेर व्यंग्य

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : ४३


आज १२ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

गिनीको स्वतन्त्रता

सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो। गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो। तत्कालिन राष्ट्रपति फ्रान्सिस्को मासियस नुमाको नेतृत्वमा गिनी स्वतन्त्रत भएको थियो। सन् १९७२ मा नुमाले आफूलाई गिनीको आजिवन राष्ट्रपति घोषणा गरेका थिए।

सोभियत युनियनका तीन वैज्ञानिकको अन्तरिक्ष यात्रा

सन् १९६४ मा सोभियत अन्तरिक्ष यान भोस्कोद १ मा पहिलो पटक तीन जना वैज्ञानिकले अन्तरिक्षको यात्रा गरेका थिए। अन्तरिक्ष उडानमा पहिलो पटक उनीहरू तीनै जनाले ‘स्पेस सुट’ लगाएका थिएनन् ।

निकिता ख्रुश्चेभद्वारा राष्ट्रसंघमा जुत्ता खोलेर व्यंग्य

सन् १९६० मा राष्ट्रसंघको महासभाको वैठकको क्रममा सोभियत कम्युनिस्ट पार्टीका प्रथम सचिब निकिता ख्रुश्चेवलले जुत्ता खोलेर टेबुलमा फालेका थिए। एक फिलपिनी प्रतिनिधिमन्डलले पूर्वी युरोपमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको टिप्प्णीको जबाफमा उनले जुत्ता फुकालेर आफ्नो ‘स्वतन्त्रता’ प्रदर्शन गरेका थिए।

कोलम्बसले टेके नयाँ देशमा पाइला

स्पेनबाट तीन ओटा जहाजमा क्रिस्टोफर कोलम्बसको नेतृत्वको कारिन्दाहरूको एउटा अन्बेषक टोलीले सन् १४९२ मा अहिलेको बाहमासमा पाइला टेकेका थिए। कोलम्बसले अमेरिका पत्ता लगाएका थिए।


प्रतिक्रिया दिनुहोस्