काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्लेयर अफ दी मन्थ घोषित भएका छन।
आईसीसल्े भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो।
सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए।
Congratulations @Sandeep25
Winner of the @ICC Player of the Month for September. pic.twitter.com/6H8JPCnSKS
— CAN (@CricketNep) October 11, 2021