आज २६ गते मंगलबार, कुन राशीका लागि शुभ कुनका लागि अशुभ? हेर्नुहोस्

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ४१


आज असोज महिनाको २६ गते मंगलबार। सन् २०२१ अक्टोबर १२ तारिख। नेपाल संम्बत् ११४१। दक्षिणयान। आश्विन शुक्ल पक्ष। सप्तमी तिथी। चन्द्रमा वृच्छिक राशीमा। सौर्यदय विहान ६ः००। सूर्यास्त बेलुकी ५ः४२ बजे। सारदीय नवरात्रको आज सातौँ दिन फूलपाती

आजका दिन कुनराशीको योग कस्तो छ? तल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । कलकारखाना र बन्द–व्यापारमा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । वैदेशिक कार्य अघि बढ्ने छ । शेयरको कारोबारबाट सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन पनि सक्छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवादमाजितहुनेछ। पुरानो रोगले छोड्नेछ। भाइभाइमा मित्रता हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

यात्रामा मालसामान हराउन सक्छ। सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रु पनि पराजित पनि हुनेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

खानपिनमा बढी ध्यान जानेछ । धन संग्रह हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ।


प्रतिक्रिया दिनुहोस्