नेपालका चर्चित नायक हुन् दिलिप रायमाझी, ठिक आफ्नो पिताजस्तै यतिबेला दिलिपका छोरी दिव्याले यतिबेला अभिनय गर्ने चर्चा चलेको छ।
पछिल्ला दिनहरुमा उनी सामाजिक सन्जालमा निकै सक्रिय छिन् र उनी आकर्षक तस्बिरहरुका कारण चर्चामा आउन थालेकी छिन्।
उनका तस्बिरहरु हेर्दा उनलाई कलाकारिता र मोडलिङमा रुची छ भन्ने प्रस्टै देख्न सकिन्छ। अध्ययनका लागि अमेरिकामा रहेकी दिव्यालाई धेरै चलचित्रको अफर आइसकेको छ। तर उनले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने तय भएको छैन।