भारतीय गायक मिका सिंहले गाए नेपाली गीत ‘बोतलको बिर्को’ (भिडिओ)

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : १३


बलिउड गायक मिका सिंहले नेपाली गायनमा डेब्यु गरेका छन्।

उनको आवाजमा रहेको नेपाली गीत ‘बोतलको बिर्को’ आज युट्युबमा रिलिज भएको छ।

मुम्बई स्टूडियोमा रेकर्ड गरिएको गीतमा युग भुषालको संगीत रहेको छ। गीतमा शेखर अस्तित्वको शब्द रचना छ।

(भिडिओ)

विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको भिडिओमा नेपाली फिल्मका दुई अभिनेता आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको पनि अभिनय छ।

आर्यनको जोडीको रुपमा एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ।


प्रतिक्रिया दिनुहोस्