तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : ०२


तनहुँ। चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको बन्दीपुर गाउँपालिका– ५ बाहुनभञ्याङकी नौ वर्षीया बालिका स्वीकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए।

छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको बताइएको छ। उनको शव जंगलमा फेला परेको हो।

बालिकाको घाँटीमा चोट देखिएको वडा अध्यक्ष लामिछानेले बताए। तनहुँमा चार वर्षदेखि चितुवाको आक्रमण बढेको छ।

१ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस्