अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ४०


अमेरिकामा रहेर ‘प्राकृतिक प्रयोग’ वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।

क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सलाई यसपटकको नोबेल पुरस्कार दिइएको हो।

उनीहरुले श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि प्रदान गर्ने र कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका हुन्।


प्रतिक्रिया दिनुहोस्