मोरङमा भारतीय लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास असफल

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४४


विराटनगर। मोरङमा आज सोमबार भारतीय लुटेरा समूहले एकबैंक लुट्ने प्रयास गरेका छन्। धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरे पनि उनीहरु बैंक लुट्न असफल भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा गार्डलाई लुटेरा समूहले गोली चलाएका थिए।

हाल सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल पठाइएको छ। गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको जनाइएको छ।

प्रहरीका अनुसार यतिबेला आवश्यक अनुसन्धान जारी छ।


प्रतिक्रिया दिनुहोस्