पछिल्लो २४ घण्टामा थपिए ७८५ कोरोना संक्रमित, १२ को मृत्‍यु

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ५९


काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८८८ जना कोरोनामुक्त भएका छन्।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ७८७ जना रहेका छन्। जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१४ जना आईसीयू र १११ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्