मन्त्री हमालले राजीनामा दिएपछि उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : ४३


राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्।

मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

प्रधानन्यायाधीशको जेठानलाई मन्त्री बनाएको भन्दै हालै देउवा सरकार आलोचित बनेको थियो। गैरसांसद हमाल मन्त्री भएपछि र उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान भएपछि वकिलहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

यो घटनाले प्रधानमन्त्री देउवा र जबराबीच साँठगाँठ हुने गरेको हल्ला चलेको छ।


प्रतिक्रिया दिनुहोस्