आलोचनापछि पान मसालाको विज्ञापनबाट अलग्गिए अमिताभ, लिएको पैसा फिर्ता गरे

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : ५६


भारतीय चलचित्र क्षेत्रका बिग बी अमिताभ बच्चनले हालै एउटा पान मसला ब्रान्डसँग विज्ञापन खेल्ने सम्झौता गरेका थिए। ७९ वर्षका उनले पान मसला ब्रान्डबाट राम्रो पैसा पनि लिएका थिए।

सो विज्ञापन रिलिज भएको केही दिनपछि भने सामाजिक संजालमा उनको चर्को आलोचना भयो। स्वास्थ्यलाई हानी गर्ने पान मसलाको विज्ञापनमा अमिताभ देखिएपछि भारतका अधिकाँश व्यक्ति पान मसला खान लालाहित हुने भन्दै आवाज उठ्न थाल्यो।

अन्ततः आफ्ना फ्यानको भनाइहरु मान्दै अमिताभले पान मसालाको विज्ञापनबाट अलग्गिने घोषणा गरेका छन्। उनले आफूले लिएको पैसा पनि फिर्ता गरेको जानकारी दिएका छन्।

उनलाई उनका समथर्कले पान, गुठकाजस्ता बस्तुको विज्ञापन नखेल्न र स्वास्थ्य सम्बन्धी काममा ध्यान दिन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्