जम्मु–कस्मिरको पुंछ जिल्लामा सोमबार बिहानै बन्दुकधारी समूह र भारतीय सेनाबीच गोलाबारी भएको छ।
सो भिडन्तमा पाँच भारतीय सेनाको मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ। हाल गोलाबारी रोकिएता पनि बन्दुकधारीको खोजीकार्य जारी रहेको बताइएको छ।
चरमपन्थी समूहको बारेमा गोप्य सूचना आएपछि सेना तथा सुरक्षाकर्मी खोज तलासीमा निस्किएका थिए।
सोही क्रममा बन्दुधकारीले आक्रमण गरेका थिए।