निफ्राद्वारा ८ प्रतिशत बोनस सेयर नै बाड्ने घोषणा

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ३६


काठमाडौं । नेपाल इन्फ्राष्टक्चर बैंक लिमिटेड (निफ्राले) ८ प्रतिशत बोनश शेयर नै बाड्ने घोषणा गरेको छ।

यसअघि लगानीकर्ताहरुलाई ८.५ प्रतिशत नगद मात्रै बाड्ने बताएको निफ्राले परिमार्जन गर्दै अब ८ प्रतिशत बोनश शेयर बाँड्ने घोषणा गरेको छ।

८ दशमलव ५ प्रतिशत करसमेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अव भने ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो।

संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ। हाल कम्पनीको चुक्तापूँजी रु.२० अर्ब रहेको छ।

कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्