स्याङ्जाको वालिङमा जीप दुर्घटना: २ जनाको मृत्यु, १७ घाइते

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ३५


स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्।

दुर्घटनामा गल्याङ नगरपालिका ९ का ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ। घाइतेहरूको विवरण आउन बाँकी छ।

उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो।


प्रतिक्रिया दिनुहोस्