बसपार्कमा नक्कली टिकटको किनबेच, दुई जना पक्राउ

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ०९


सुर्खेत बसपार्कमा बसको नक्कली टिकटको किनबेच हुने गरेको खुलासा भएको छ।

टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका-४ का प्रकाश शाही र वीरेन्द्रनगर-६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकटसमेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ।

देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच हुने गरेको फेला परेको हो। दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १ हजार ८ सय ५० र सुर्खेत/जुम्ला २ हजार रुपैयाँ भाडा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्