विश्वमा आजः अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिलादेखि ब्रिटीश र आइरिस सेनाबीच युद्ध

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ४५


आज ११ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

नासाको सटल मिसन कार्यक्रम

सन् २००० मा अमेरिकी अन्तरिक्ष निकाय नासाको स्पेस सटल मिसनले आफ्नो १०० औं दिन पुरा गरेको थियो। स्पेस ट्रान्सपोर्टेसन सिस्टम ९एसटीएस० समेत भनिने सो कार्यक्रमअन्तर्गत अन्तरिक्ष यानमार्फत मानिसलाई अन्तरिक्षमा पठाइन्छ।

अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिला

सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घन्टा हिडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ –जीमार्फत उनीहरू अन्तरिक्षमा पुगेका थिए।

उचाङ क्रान्ति

सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो। क्रान्तिपछि क्विङ वंशको अन्त्य हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्वपूर्ण दिवसमा रूपमा मनाइन्छ।

ब्रिटीश र आइरिस सेनाबीच युद्ध

सन् १८९९ मा ब्रिटीश र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा बिबाद उत्पन्न भएपछि दुई देशका सेनाबीच भीषण युद्ध भएको थियो।


प्रतिक्रिया दिनुहोस्