चीनसँग कुनै हालतमा झुक्दैनौंः ताइवानी राष्ट्रपति वेन

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ३९


ताइपेय । ताइवानकी राष्ट्रपति साइ इंग वेनले चीनसँग कुनै हालतमा नझुक्ने र आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्ने बताएकी छिन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनः एकीकरण गर्ने’ भनेको भोलिपल्ट राष्ट्रपति वेनको सो भनाई आएको हो। ताइवानको प्रगतिका कारण चीनले दबाब दिएको उनको भनाई छ।

‘हामीले जति प्रगति गर्छौँ त्यति नै हामीमाथि चिनियाँ दबाब बढ्दै जानेछ।’, ताइवानको राष्ट्रिय दिवसका अवसरमा उनले भनिन्।

ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्दै आए पनि चीनले आफूबाट छुट्टिएर रहेको एउटा प्रान्त मान्दै आएको छ।

एक साताअघि ताइवानको हवाई क्षेत्रमा चीनले लडाकु विमान उडाएको थियो। ताइवानको हवाई क्षेत्रमा चीनले १५० भन्दा बढी लडाकु विमान उडाएको थियो। सो विषयलाई लिएर अमेरिकाले चीनको बिरोध गरेको थियो। अमेरिकाले चीनलाई काउन्टर दिन ताइवानका सेनालाई एक वर्षदेखि तालिम दिँदै आएको वाल स्ट्रिट जर्नलले दाबी गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्