रूसमा विमान दुर्घटनाः १६ जनाको मृत्यु, ७ जनाको जीवितै उद्दार

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ३३


मस्को । रूसमा एउटा विमान दुर्घटनामा परेको छ।

दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ।

दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ।

राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ। विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्