देउवाका ज्योतिषीले ग्यालेक्सी फोरकेबाट सुरु गरे टेलिभिजन कार्यक्रम

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २४


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी मिलेपछि पछिल्लो समय चर्चामा रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले टेलिभिजन कार्यक्रम सुरु गरेका छन्।

रिजालको कार्यक्रम ग्यालेक्सी फोरके टेलिभिजन मार्फत दैनिक रुपमा प्रसारण हुने हुनेछ।

ऋषिमहर्षीहरुबाट प्राप्त ज्ञानलाई वैदिक, वैचारिक र वैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिने कार्यक्रम फलादेश ज्योतिष तथा वास्तुशास्त्र संग सम्बन्धित धार्मिक कार्यक्रम हो।

पंञ्चाङ्गका आधारमा भुत वर्तमान र समग्र भविष्यफलका वारेमा शास्त्रसंम्वत ढंगले जानकारि गराउने उक्त कार्यक्रमको उद्धेश्य रहेको रिजालले बताए।

संस्कृत पढेरपनि उच्च मान प्रतिष्ठा प्राप्त गर्न सकिदो रहेछभन्ने रिजाले पछिल्लो समयमा देश तथा विदेशमा प्राप्त गरेको चर्चा तथा परिचर्चाले पनि प्रमाणित गरेको छ।

सुस्ताएको संस्कृतभाषाप्रति विस्तारै आममनिसको चासो र रुचि बढ्दैछ।

सामान्य परिवारमा जन्मिएका रिजालले कडा मेहनत र लामो समयसम्मको अनुभबाट ज्योतिष शास्त्रमा सफलता प्राप्त गरेका हुन।

उनको गृहजिल्ला प्यूठानको प्रसिद्धि धार्मिक स्थल स्वर्गद्वारी आश्रममा रेहेको गुरुकुलबाट संस्कृतको पढाइ यात्रा प्रारम्भ गरेका हुन।

उच्च शिक्षाका लागि उनी महोत्तरिमा रहेको नेपालकै सबैभन्दा पुरानो सस्कृतपाठसाल श्री राजकीय संस्कृत विद्यालयकाट एस एल सी पास गरेपछि उनी २०६२ सालमा राजधानीमा प्रवेशमा गरेका थिए।

सानै देखि सस्कृत अध्ययन गरेका कारण उनलाई राजधानीमा बस्न र ठूला व्यक्ति हरुसंग परिचित हुन तेति असजिलो नभएको अनुभव उनले सुनाए।

रिजालको हजुरबुवा र बुवा पनि ज्योतिषी नै भएकाले उनलाई ज्योतिषी कार्यमा सानैदेखि मनलागेको र उहाहरुकै प्रेरणाले ज्योतिष शास्त्रमा लागेको उनले जानकारी गराए।

ज्योतिष खोजमुलक शास्त्र भएकाले पनि यसमा सफलता प्राप्त गर्न निरन्तर साधनामा लागिरहनु पर्ने र साधनाविना ज्योतिषमा सफलहुन नसकिने उनले आफ्नो अनुभव सुनाए।

अहिले उनको लोकप्रियतालाई देखेर आधुनिक युवापुस्ताहरु ज्योतिष विद्या संगै सस्कृतभाषा प्रति आकर्षित हुदैगएका पछिल्लो तथ्यांकले पनि प्रमाणित गर्दछ।


प्रतिक्रिया दिनुहोस्