साफ च्याम्पियन्सिप अन्तगर्त माल्दिभ्समा जारी खेलमा भारतले नेपालविरुद्ध पहिलो गोल गरेको छ।
भारतीय कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औं मिनेटमा गोल गरेका हुन्। नेपालविरुद्ध गोल गरेसँगै भारतले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना जिवित राख्ने देखिएको छ।
क्षेत्रीले फारुख चौधरीको पासमा आकर्षक गोल गरेका हुन्।