नेपाल भर्सेस भारतः पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ४७


नेपाल र भारतबीच जारी साफ च्याम्पियन्सिपको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ।

दुवै टोलीले गोल गर्न नसकेका हुन्। हाल साफ च्याम्पियन्सिप अन्तर्गत नेपाल र भारतबीचको खेल माल्दिभ्सको राजधानीमा जारी छ।

पहिलो हाफमा भारतको आक्रामक खेल देखिएको छ भने नेपालले रक्षात्मक रणनीति अपनाएको छ।

नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गरिरहेको हो। आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ। यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेको छ।

भारत भने पहिलो जितको खोजीमा छ। लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ। सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो।

साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टोली भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ। सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईले उपाधिका लागि खेल्नेछन्। प्रतियोगितामा नेपाल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ।

पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्