गुल्मीमा भतिजद्वारा काकीको हत्या

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ४१


गुल्मी। गुल्मीको उर्लेनीमा भतिजले काकीको हत्या गरेका छन्।

काकी रेसुंगा नगरपालिका–१३ दुविचौरकी ५६ वर्षीया पार्वती विकलाई २५ वर्षीय भतिज प्रकाश विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।

चिर्पट प्रहारबाट गम्भीर घाइते विकको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा ज्यान गएको हो।

हत्या आरोपित विकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ। आज अबेर भएकाले शवको पोस्टमार्टम मंगलबार गरिने प्रहरी जनाएको छ।


प्रतिक्रिया दिनुहोस्