भरतपुरमा बसको ठक्करबाट ८ वर्षका बालकको मृत्यु

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : २७


भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ।

चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो।

बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ। बालकको सनाखत हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्