काठमाडौं। घरेलु टोली माल्दिभ्स लगातार दोस्रो जित निकाल्दै साफ च्याम्पियनसिप फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा माल्दिभ्सले श्रीलंकालाई १–० गोल अन्तरले हराउँदै दोस्रो जित निकाल्दा दोस्रो स्थानमा उक्लिएको हो।
माल्दिभ्सको जितमा अनुभवी खेलाडी अलि अस्फाकले खेलको छैटौँ मिनेटमा निर्णायक गोल गरे।
माल्दिभ्सले तीन खेलमा ६ अंक जोडेको छ। माल्दिभ्सले फाइनलमा स्थान बनाउने संभावनासमेत बलियो बनाएको छ।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। पुछारको श्रीलंकाले चार खेलमा १ अंक जोडेको छ।