सन्तान जन्माउने विषयमा राजेश हमाल यसो भन्छन्…

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : ४८


नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल ५७ वर्षका भइसके। सन् २०१४ मा उनको मधु भट्टराईसँग विवाह भएको थियो।

विवाह भएको सात वर्षसम्म पनि हमालको सन्तान जन्मिएको छैन। पहिले राजेश हमालले कहिले विवाह गर्छ भन्ने प्रश्न सोध्ने गरिन्थ्यो भने अहिले राजेशको बच्चा कहिले जन्मिन्छ भनेर प्रश्न गर्ने गरिएको छ।

राजेश हमालले सन्तान जन्माउने विषयमा एक टेलिभिजन कार्यक्रममा सिधा उत्तरदिएका छन्। एपीवानबाट प्रसारण हुने कार्यक्रम ग्ल्यामर गफमा हमालले भनेका छन्,‘मलाई विवाहप्रति धेरै लगाव थिएन। ढिला विवाह गर्नु मेरो योजना थियो।’

उनले सो क्रममा अहिले नै सन्तान जन्माउने योजना नभएको पनि उल्लेख गरे। उनले भनेका छन्,‘मधु र मेरो अहिले सन्तान जन्माउने योजना छैन। त्यसकारण बच्चा जन्माएका छैनौं।’

विवाहको प्रसंगजस्तै योजना भएपछि मात्र उनले सन्तान जन्माउने संकेत दिए।


प्रतिक्रिया दिनुहोस्