आज नेपालमा ५९६ जना कोरोना संक्रमित थपिए, १० को मृत्यु

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : १९


काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ५९६ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा ५९६ जनामा संक्रमण पाइएको हो।

शुक्रबार थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ०२४ जना पुगेका छन्।

यस्तै पछिल्लो २४ घन्टामा ८७१ जनाले कोरोना संक्रमण जितेका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ७५ हजार ९४३ रहेको छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ७ प्रतिशत छ। यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्