भीम रावल भन्छन्ः प्रधानमन्त्री र प्रधान न्यायाधीशमा नैतिकता देखाउने आँट छ?

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ४९


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन्।

व्यापक विरोधपछि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधान न्यायाधीश चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्नरु भनि ट्विटरमा प्रश्न गरेका छन्।

निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्