उद्योगमन्त्री हमालको राजीनामा जनताकै भावना अनुसारः नारायणकाजी

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ३७


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताका भावनाविपरित मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए।

जनकपुर विमानस्थलमा कान्तिपुरसित नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भएपनि जनताको ‘म्यान्डेट’ अनुसार राजनीनामा गर्ने अवस्था आएको बताए।

राजीनामा दिने गरी मन्त्री किन बनाइयो जनताले प्रश्‍न गर्नेछन्, नेता श्रेष्ठले भने, संविधानमा रहेको प्रावधान अनुसार गैर सांसदलाई मन्त्री बनाइयो। तर प्रावधानको औचित्य पुष्टि गर्न सक्नुपर्थ्यो।

गठबन्धनको आन्तरिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको उनले बताए । सर्लाहीको लालबान्दीमा वाईसीएलले आयोजना गरेको कार्यक्रमा सहभागी हुन नेता श्रेष्ठ आएका हुन्।


प्रतिक्रिया दिनुहोस्