ठूलो परिमाणमा पटका लुकाएर राख्ने एक जना पक्राउ

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : १७


काठमाडौं । दशैं तिहार नजिकिँदै गर्दा ठुलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसबाजी एवं पटका सहित एक जना पक्राउ परेका छन।

प्रकाउ पर्नेमा बारा घर भई हाल कुपण्डोल बस्दै आएका ३० बर्षीय उमेश कुमार जैसवाल छन्।

विभिन्न मितिमा उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई छिपाई ल्याएको पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु बिक्री बितरण गर्न भण्डारण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

महाशाखाबाट खटिएको प्रहरी टोलीले असोज २३ गते कुपण्डोल, गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा जैसवाललाई २० लाख बढीको आतिसबाजीजन्य विष्फोटक पदार्थहरु सहित पक्राउ गरेको जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाईएको प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस्