के छ उद्योगमन्त्री हमालले राजीनामा लेखेको पत्रमा?

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ११ : १४


काठमाडौं । नेपाली काँग्रेसका पुराना नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्रीमा नियुक्त गरेका गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको छ।

हमालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका थिए।

प्रधानमन्त्री देउवाले आफू पोखरा जानुअघि नै हमालले दिएको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।

गैरसांसद हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो। नाताले उनी राणाका जेठान हुन्।

यस्तो छ उद्योगमन्त्री हमालले लेखेको राजीनामा पत्रमा?

सम्माननीय प्रधानमन्त्रीज्यू

म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु । हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु।


प्रतिक्रिया दिनुहोस्