रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ४०


जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग १ ज ४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो ।

भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी– ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्