कामाठडौं । बलिउड अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर लगायतको टोली हाल नेपालमा छ।
फिल्म ‘उचाइ’को सुटिंगको लागि उनीहरू नेपाल आएका हुन्। परिणीतिका साथसाथै अनुपम खेर र बोमन इरानी पनि नेपाल आएका हुन।
केहि समय अघि श्रीलंकामा रहेकी परिणीतिले नेपाल पुगेपछि आफ्नो अफिसियल अकाउण्ट इन्स्टाग्राममा केहि तस्विर सेयर गरेकी छन।
परिणीतिले नेपालमा हेलिकप्टर चढेको भिडियो पनि सेयर गरेकी छन्।
फिल्म ‘उचाइ’को सुटिंग गत मंगलबारबाट सुरु भएको र काठमाडौं एयरपोर्टको छायांकन सकिएको उनले बताएकी छन।
काठमाडौंसँगै लुक्ला, लाङटाङ, मनाङ, मुस्ताङलगायतका ठाउँमा पनि फिल्मको छायांकन सुरु भएको छ।
नेपाली भूमिमा झण्डै ४० दिन फिल्म खिचिनेछ । फिल्मको टिमलाई नेपाल बसाईको सम्पूर्ण व्यवस्था ‘थ्री ह्विलर्स’ कम्पनीले गरिरहेको छ।
View this post on Instagram
View this post on Instagram
View this post on Instagram