भारतसँगको खेल अगाडि कप्तान किरणः बलियो टिमलाई हराउन राम्रो तयारी छ

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ०१


नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले भारतविरुद्ध आइतवार हुने खेलका लागि आफ्नो टोलीले राम्रो तयारी गरेको बताएका छन्।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत आइतवार हुने खेलअघि कप्तान चेम्जोङले बलियो टिमलाई हराउन राम्रो तयारी गरेको बताएका हुन्।

टोलीका गोल रक्षकसमेत रहेका किरणले साफ जित्ने सपना पूरा गर्न नेपालका लागि भारतविरुद्धको खेल महत्वपूर्ण रहेको भनाइ छ।

उनी भन्छन्,‘हामीले राम्रो तयारी गरेका छौँ। प्रशिक्षकले भने जस्तै भोलिको खेल कठिन छ। हामी चरणबद्ध अघि बढिरहेका छौ। हामीले दुई चरण पार गरिसकेका छौँ। लक्ष्य पूरा गर्न भोलि अर्को चरण छ। हामी जितकै लागि ९० मिनेटसम्म खेल्छौँ।

उनका अनुसार सपना देख्नु पर्छ, सपना देखेर मात्रै लक्ष्यमा पुगिन्छ। हालको सपना भोलि भारतलाई जित्नु रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्