‘सरकारले आर्थिक विधेयक जबर्जस्ती पास गर्दा कालो धनलाई सेतो बताउने बाटो खोल्यो’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ३२


सुनसरी। सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाएका छन्।

सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै जबरजस्ती विधेयक पास गरिएको बताए।

नेता नेम्वाङले नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै सरकारले द्वन्द्व कालमा लुटपाट गरेर राखिएको धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आरोप लगाए।‘लाख, करोड हैन अरब पैसा ल्याउनुहोस् कुनै श्रोत देखाउनु पर्दैन। यो भनेको लुटपाट, डकैती गरेर, अवैध सम्पत्तिलाई सेतो बनाउ भन्न खोजेको हैनरुण्द्दज्ञड उनले प्रश्न गरे।

एमालेको विरोधका बीच विधेयक पास गरिनु गलत भएको उनले बताए। ‘अहिले म सुन्दै छु, नेपालको सम्बन्धित प्रतिनिधि मण्डल जाँच गर्न आउँदै छ। यदि यो गलत रहेछ भनेर कालो लिष्टेट गरिदियो भने हाम्रो हालत के हुन्छ रु,’ उनले भने।

उनले संविधानको मर्म विपरित सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बताए। उनले जनभावना विपरित कदम भएको टिप्पणी गरे। कार्यक्रममा कोइरालाले लेखेका ‘राजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरु’ पुस्तकको लोकार्पण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्