तालिबानसँग वार्ता गर्नुको अर्थ उनीहरुलाई मान्यता दिनु होइनः अमेरिका

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ५ : ५३


अमेरिका र अफगानिस्तानको तालिबान सरकारबीच पहिलोपटक औपचारिक वार्ता हुन लागेको छ। शनिबार अमेरिकी अधिकारी र तालिबानका अधिकारीबीच कतारको राजधानी दोहामा वार्ता हुन लागेको छ।

वार्ता हुनै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानसँग वार्ता गर्नुको अर्थ उनीहरुको सरकारलाई मान्यता दिनु नभएको स्पष्ट पारेका छन्।

अमेरिकी विदेश मन्त्रालयले तालिबानका अधिकारीहरुसँग आफ्नो सम्पर्क भएको पुष्टि गरेको छ। पछिल्लो समय अफगानिस्तानको तालिबान सरकार आर्थिक रुपमा कमजोर देखिएको छ।

तालिबानले अफगानिस्तानलाई मानवीय र आर्थिक सहायता चाहिएको खुलेरै बताउने गरेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्